
काठमाडौं – ओहो! उपासना सिंह ठकुरी र सोनम तोप्देनको जोडी कति राम्रो सुहाएको! चलचित्र ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ हेर्नुभयो भने तपाईंलाई पनि यस्तै लाग्न सक्छ।
‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको यस चलचित्रको हालै सार्वजनिक गीतमा प्रेमी–प्रेमिकाबीचको गहिरो प्रेम र आकर्षणलाई गीतमा निकै मिठासका साथ प्रस्तुत गरिएको छ। यसमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वरमा रहेको गीतमा सुरेन्द्र रानाको शब्द र एसडी योगीको संगीत छ।
गीतको भिडियोमा उपासना र सोनमसँगै खड्क बहादुर पुन अर्थात् खबपु लगायतका कलाकार देखिएका छन्। विशेषगरी उपासना र सोनमको जोडी पर्दामा निकै सुहाएको छ। उनीहरूको हाउभाउ, पहिरन र प्रस्तुतिले गीतलाई अझ रमाइलो बनाएको छ।
तर ‘जलाकी’को विशेषता गीत र प्रेमकथा मात्रै होइन। ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो। निर्देशक अशोक थापा मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनालाई कथामा बुनेका छन्।
यसअघि सार्वजनिक भएका ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइसकेका छन्। अब तेस्रो गीत ‘कलेजीको छेऊ’ले पनि दर्शकको मन जित्ला त?
उपासना र सोनमको यो जोडी हेर्दा तपाईंलाई कस्तो लाग्यो? अनि ‘जलाकी’को कथा कस्तो होला भन्ने कौतूहल छ? मंसिर ४ गतेदेखि हलमा भेटौँला र यि सबै कुराको जवाफ खोजौला है त !
गीतः



