
काठमाडौं – नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहारलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले विभिन्न नेपाली चलचित्र घरमै बसेर डिजिटल माध्यमबाट हेर्न सक्नेछन्।
सिनेमाघरले सार्वजनिक गरेको पोस्टरअनुसार ‘ह्रर्स्व दीर्घ’, ‘के घर के डेरा : घर नम्बर २’, ‘लाज शरणम्’, ‘मायावी’, ‘कार्साङ’, ‘हरिबहादुरको जुत्ता’, ‘कठपुतली’ र ‘प्रवासी जीवन’ यो मेलामा चलचित्र अहिले स्ट्रिमिङमा उपलब्ध छन्।
प्रविधिमैत्री बन्दै गएको सिनेमाघरले दर्शकको सहजताका लागि विभिन्न माध्यमबाट चलचित्र हेर्न सकिने व्यवस्था मिलाएको छ। गुगल प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट ‘सिनेमाघर’ एप डाउनलोड गरी स्मार्टफोन वा ट्याब्लेटमा चलचित्र हेर्न सकिन्छ।
त्यस्तै, ठूलो स्क्रिनमा चलचित्र हेर्न चाहने दर्शकका लागि एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी तथा एलजी वेबओएसमा समेत सिनेमाघर एप प्रयोग गर्न सकिनेछ। मोबाइलबाट क्रोमकास्टमार्फत टिभीमा सामग्री हेर्न सकिने सुविधा पनि प्लेटफर्मले उपलब्ध गराएको छ। कम्प्युटर प्रयोगकर्ताले वेब ब्राउजरमार्फत समेत चलचित्र हेर्न सक्नेछन्।
दर्शकलाई अझ उच्च गुणस्तरको दृश्य अनुभव दिने उद्देश्यले सिनेमाघरले आफ्नो प्लेटफर्ममा 4K स्ट्रिमिङ सुविधा पनि राखेको छ।
नेपाली चलचित्रलाई डिजिटल माध्यममार्फत विश्वभरका दर्शकमाझ पुर्याउने उद्देश्यले सिनेमाघरले पछिल्ला वर्षहरूमा निरन्तर काम गर्दै आएको छ। विशेषगरी हलमा प्रदर्शन भइसकेका र दर्शकको राम्रो प्रतिक्रिया पाएका नेपाली चलचित्रलाई डिजिटल प्लेटफर्ममार्फत देश–विदेशमा रहेका नेपाली दर्शकमाझ पुर्याउन सिनेमाघरको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ।
दशैं-तिहारको लामो बिदामा परिवार तथा साथीभाइसँग घरमै बसेर नेपाली चलचित्रको आनन्द लिन चाहने दर्शकका लागि ‘दशैं–तिहार मुभी मेला’ उपयुक्त डिजिटल विकल्प बन्ने देखिन्छ।




