
काठमाडौं – आगामी कात्तिक २६ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बाटुलो जून’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ घटस्थापनाको अवसर पारेर आइतबार सार्वजनिक गरिएको छ। युग भुसालको शब्द तथा सङ्गीत रहेको यस गीतमा भारतीय गायक-गायिका हिमांशु जान शर्मा र तृषा चटर्जीको स्वर रहेको छ। विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य जोडी अनमोल केसी र प्रिन्सी खतिवडालाई ३०-४० को दशकको परिवेश झल्किने रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। जुँगासहित देखिएका अनमोलले भिडियोमा नृत्य र हाउभाउमार्फत बुवा भुवन केसीको शैली पछ्याउने प्रयास गरेका छन्।
नेपाली समाजको ३०-४० को दशकको प्रेमकथामा आधारित यस चलचित्रको निर्देशन भुवन केसी आफैंले गरेका हुन्। चलचित्रमा भुवन केसी र अभिनेत्री गरिमा पन्तको मुख्य भूमिका रहेको छ भने उनीहरूको युवावस्थाको चरित्रलाई अनमोल र प्रिन्सीले पर्दामा उतारेका छन्। उनीहरूका साथै चलचित्रमा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
अभिनेत्री जीया केसी र भविष्य खड्का निर्माता रहेको यस चलचित्रका सह-निर्माता विवेक थापा हुन्। सामिप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेको ‘बाटुलो जून’ मा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, युग भुसाल र एसडी योगीको सङ्गीत तथा रोमन बज्राचार्यको पार्श्व सङ्गीत रहेको छ।
गीत:



