चलचित्र ‘३६ को आँकडा’को पहिलो गीत ‘बहुलाउँछु कि क्या हो’ सार्वजनिक



काठमाडौं – सवीर श्रेष्ठको निर्देशनमा बनेको नेपाली चलचित्र ‘३६ को आँकडा’ को पहिलो गीत ‘बहुलाउँछु कि क्या हो’ आइतबार सार्वजनिक गरिएको छ। प्रेममा पर्दा उब्जिने भावनालाई मर्मस्पर्शी रूपमा समेटिएको यस गीतमा सुरेश अधिकारीको शब्द तथा सङ्गीत रहेको छ भने सत्यराज आचार्य र अञ्जु पन्तले स्वर दिएका छन्।

राजु शाहको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा दुई फरक जोडीको रोमान्टिक अवतार र प्रेमलाई प्रस्तुत गरिएको छ। भिडियोमा एकातिर अभिनेत्री रेखा थापा र अभिनेता महेश त्रिपाठीको जोडी देखिएको छ भने अर्कोतिर पूजा शर्मा र पुष्प खड्काको आकर्षक केमेस्ट्री प्रस्तुत गरिएको छ।

आगामी मंसिर १७ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रमार्फत अभिनेत्री निरुता सिंहले करिब ७ वर्षपछि अभिनयमा पुनरागमन गरेकी छन्। सन् २०१९ को ‘दाल भात तरकारी’ पछि पर्दामा फर्किन लागेकी निरुताका साथै चलचित्रमा निशा अधिकारी, सुवर्ण थापा, रमेश चन्द सोडारी र गीत विष्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ।

रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रका निर्माताहरू सरस्वती थापा, दुर्गा सापकोटा र गीता श्रेष्ठ हुन्। चलचित्रमा निर्देशक सवीर श्रेष्ठ स्वयंको कथा, शिवम् अधिकारीको पटकथा तथा संवाद, ईश्वर सिङ्केमेनाको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा बनिष शाह र रामप्रसाद चौधरीको सम्पादन रहेको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu