‘बेहुली’ हेर्न हलमा दर्शकको चाप, प्रतिक्रिया पनि शानदार



काठमाडौं – हिजो शुक्रबारबाट देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बेहुली’ले पहिलो दिन दर्शकको उत्कृष्ट साथ पाएको थियो भने शनिबार दर्शकको चाप अझ उच्च देखिएको छ । देशभरका करिब १०० शो बाट प्रदर्शन सुरु गरेको यस चलचित्रको माग उच्च भएपछि मल्टिप्लेक्स तथा एकल स्क्रिनहरूमा शो सङ्ख्या थप गरिएको छ । काठमाडौँका विभिन्न चलचित्र भवनहरूमा पुगेर मुख्य कलाकारहरू पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ र सन्तोष बानियाँ लगायतको टोलीले दर्शकहरूसँग साक्षात्कार गरिरहेको छ । सो क्रममा दर्शकहरूबाट चलचित्रले निकै सकारात्मक र उत्साहजनक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ ।

चलचित्रको प्रतिक्षित व्यावसायिक सफलता र प्रदर्शनीबारे प्रस्तुतकर्ता अर्जुन पोखरेलले एउटा स्तरीय र दर्शकले रुचाउने कथावस्तुमा चलचित्र बनाएको कारण दर्शकको रोजाइमा परेको बताएका छन् । यस्तै चलचित्रका वितरक गोविन्द शाहीले शनिबार बिदाको दिन भएकाले हलहरूमा दर्शकको ओइरो नै लागेको  बताए । उनले भने, “चलचित्र ‘बेहुली’ले प्रदर्शनको पहिलो दिन शुक्रबार निकै सुखद व्यापार गरेको थियो । शनिबार बिदाको दिन भएकाले हलहरूमा दर्शकको ओइरो नै लागेको छ । हामीले देशभर करिब १०० शोबाट चलचित्रको प्रदर्शन सुरु गरेका थियौँ, तर दर्शकको उच्च माग र चापलाई मध्यनजर गर्दै हल सञ्चालकहरूसँगको समन्वयमा प्रदर्शनीकै दिन थप शोहरू उपलब्ध गराएका छौँ ।”

यो चलचित्रले हाम्रो समाजभित्रको यथार्थ भावना, युवा-युवतीको मनोभाव र परिवारको मार्मिक कथालाई पर्दामा उतारेको छ। यस चलचित्रलाई माधव शर्माले लेखन तथा शशान कँडेलले निर्देशन गरेका हुन्ग । चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन् । कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu