चलचित्र ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक, समकालीन समाजको कथामा महाभारतको विम्ब



काठमाडौं – आगामी कात्तिक २० गते (तिहार) देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’ को पहिलो ट्रेलर ओएसआर डिजिटलमार्फत् सार्वजनिक भएको छ। यसअघिका पोस्टरमार्फत पात्रहरू चिनाएको निर्माण पक्षले ट्रेलरमार्फत चलचित्रको आंशिक कथा प्रस्तुत गर्दै रहस्य र कौतुहलता बढाएको छ।

ट्रेलरमा आफूलाई स्वर्गबाट आएको बताउने युधिष्ठिर (हरिवंश आचार्य) ले अन्य चार पाण्डवको खोजी गरिरहेको र समाजको आन्दोलन, दमन र यातनाबीच एक सुन्दर युवती (इभा गिरी) प्रति मोहित भई आफ्नो लक्ष्यबाट अलमलिएको देखाइएको छ। लेखक सुशील पौडेलका अनुसार, यो एक ‘सोसल ड्रामा’ हो जसमा महाभारतका पात्र र विम्बहरूको प्रयोग गर्दै समकालीन नेपाली समाज र उद्देश्यमा नपुग्दै बीचमै पतन हुने नेतृत्वको यथार्थलाई इङ्गित गर्न खोजिएको छ।

वसन्त निरौलाको निर्देशन रहेको यस चलचित्रमा हरिवंश आचार्य (युधिष्ठिर), जितु नेपाल (भीम), आर्यन सिग्देल (अर्जुन), महेश त्रिपाठी (नकुल) र सुशील सिटौला (सहदेव) मुख्य ‘पाँच पाण्डव’ को भूमिकामा छन् भने इभा गिरी ‘द्रोपदी’ को अवतारमा देखिएकी छन्। उनीहरूका साथै दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, प्रशान्त ताम्राकार लगायतका दिग्गज कलाकारहरूको अभिनय रहेको छ। काली रानी फिल्मस्को ब्यानरमा नवीन श्रेष्ठ प्रस्तुतकर्ता र काली रानी श्रेष्ठ निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu