
काठमाडौं – चलचित्र ‘छ माया छपक्कै २’को शीर्ष गीत सार्वजनिक गरिएको छ। चलचित्रको प्रचार अभियानलाई थप गति दिने उद्देश्यसहित निर्माण टिमले यो गीत रिलिज गरेको हो। यस गीतमा करण परियार, अभि सुनार र रश्मि विश्वकर्माको स्वर रहेको छ। गीतका शब्द तथा संगीत अभि सुनारको रहेको छ भने विशाल निरौलाले एरेन्ज गरेका छन्।
गीतको कोरियोग्राफी किरण थापाले गरेका छन् भने लाक्पा लामा र सुनैना श्रेष्ठ सहायक कोरियोग्राफरका रूपमा रहेका छन्। गीतको भिडियोमा दीपकराज गिरी, केकी अधिकारी, रिहान गिरी, कर्मा शाक्य र सनिशा भट्टराई छन्।
रोहित अधिकारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी रहेका छन्। चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन्।
गीतले चलचित्रको पारिवारिक तथा हास्यप्रधान कथावस्तुको झल्को दिने देखिन्छ। चलचित्रका प्रचार सामग्रीहरू हेर्दा यसको कथामा परिवार र सम्बन्धसँग जोडिएका परिस्थितिलाई केन्द्रमा राखिएको संकेत गर्छ।
यो चलचित्रअसोज ३१ गते फूलपातीका दिनदेखि प्रदर्शनमा आउने तयारीमा छ।
गीतः



