जातीय विभेद र प्रेमकथामा आधारित चलचित्र ‘जदौ’ को ट्रेलर सार्वजनिक, असोज ९ मा प्रदर्शन हुने



इन्द्रजात्राको अवसर पारेर आगामी असोज ९ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जदौ’ को ट्रेलर बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको छ। २ मिनेट २२ सेकेन्ड लामो ट्रेलरले चलचित्रको मुख्य विषयवस्तु त्रिकोणात्मक प्रेमकथा र नेपाली समाजमा जरो गाडेर बसेको जातीय विभेदलाई प्रस्तुत गरेको छ। जात नमिलेका कारण छुट्टिन बाध्य जोडी र कथित तल्लो जातमाथि हुने सामाजिक व्यवहारलाई ट्रेलरमा मुख्य रूपमा उठाइएको छ।

अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशन तथा निर्देशक लिम्बू स्वयंको लेखन रहेको यस चलचित्रमा ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, खड्ग बहादुर पुन मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ। यस चलचित्रका निर्माता सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल हुन्।

प्राविधिक पक्षतर्फ श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ। चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत तथा मनोज चौलागाईंको पार्श्व सङ्गीत समावेश छ। यस चलचित्रका दुई गीत ‘तिमीसँग नबोली’ र ‘जदौ हजुर’ यसअघि नै सार्वजनिक भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu