
काठमाडौं – आगामी असोज ३१ गते, शनिवारबाट प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’को रमाइलो र कमेडीले भरिपूर्ण ट्रेलर सार्वजनिक भएको छ। सात वर्षअघि रिलिज भएको ‘छ माया छपक्कै’को कथालाई निरन्तरता दिइएको यस चलचित्रको ट्रेलरमा मुख्य कलाकार दीपकराज गिरी र केकी अधिकारीलाई श्रीमान्-श्रीमतीको भूमिकामा प्रस्तुत गरिएको छ। सन्तान प्राप्तिका लागि उनीहरूले गर्ने सङ्घर्षलाई हास्यपूर्ण शैलीमा देखाइएको यस ट्रेलरमा अभिनेत्री सनिशा भट्टराईको प्रवेशले कथामा थप रोचकता ल्याएको छ।
दीपेन्द्र लामाको निर्देशन रहेको यस चलचित्रमा दीपक, केकी र सनिशाका साथै दीपाश्री निरौला, प्रकाश घिमिरे, कर्मा, रमा थपलिया, रियान गिरी, मेक्सम गौडेल, निर्मल शर्मा र रवीन्द्र झा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आइएमईको प्रस्तुति रहेको यस चलचित्रका निर्माता रोहित अधिकारी हुन् भने कार्यकारी निर्माताको रूपमा निर्मल शर्मा र सुरज बम ठकुरी रहेका छन्। चलचित्रको कथा निर्देशक लामा र दीपकराज गिरीले संयुक्त रूपमा तयार पारेका हुन् भने पटकथा तथा संवाद दीपकराज स्वयंले लेखेका हुन्।
ट्रेलरः



