
काठमाडौं – राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको पारिवारिक तथा सामाजिक कथामा आधारित नयाँ नेपाली चलचित्र ‘कंगाल करोडपति’को छायांकन मंगलबारदेखि गोकर्णबाट सुरु भएको छ। निर्माण पक्षका अनुसार राजधानीमा चार दिनको छायांकनपछि चलचित्र युनिट चितवन जानेछ भने सम्पूर्ण छायांकन ३५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सिनेमा पाठशाला प्रा.लि.को ब्यानर र प्रविण आचार्यको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, आरती आचार्य, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी र भीमसेन खतिवडा लगायतका कलाकारहरूको अभिनय रहनेछ।
चलचित्रका निर्माता अनिल कुमार बुढाथोकी हुन् भने सह-निर्माताहरूमा अश्विन बराल, दिपेश तिरुवा, प्रविन राई, छिरिङ तामाङ र प्रवेश सापकोटा रहेका छन्। चलचित्रको कथा रामकृष्ण बजगाईंले लेखेका हुन् भने पटकथा तथा संवाद चानस पुन मगरले तयार पारेका हुन्। प्राविधिक पक्षतर्फ हरि घले लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन र एसडी योगी, निराजन राई तथा दिप्सन लिम्बूको सङ्गीत रहनेछ।



