पल शाह र मलिका महत राधा र कृष्ण बनेपछि युट्युबमा आगो, गीतमा प्रतिघण्टा १ लाख भ्युज



काठमाडौं – नेपाली फिल्म उद्योगमा अचम्मको क्रेज देखिएको छ। चलचित्र ‘आ बाट आमा २’ को टिजरले मात्र होइन, हिजो रिलिज भएको यसको पहिलो गीतले त झन् युट्युबमा आगो बालेको छ।

२४ घण्टा पनि भएको छैन, तर गीतले २.२ मिलियन अर्थात २२ लाख भन्दा बढी भ्युज क्रस गरिसक्यो! मतलब, हरेक एक घण्टामा १ लाख जनाले यो गीत हेरिरहेका छन्।

गीत एकदमै रमाइलो लोक फ्लेवरको छ- ‘बिहे गर्ने चक्करमा छौ कि क्या हो’ भन्दै ठट्टा गरिएको छ। पल र मल्लिकाको जोडी त अन-स्क्रिन हिट छँदै थियो, यसपालि आकाश श्रेष्ठको इन्ट्रीले कथामा झन् केही ट्विस्ट होला जस्तो छ! मलिका र पल राधा र कृष्ण बन्दा मोहक देखिएका छन्।

यता गीतले रेकर्ड तोडिरहँदा, पल शाह चाहिँ अहिले चन्द्र पन्त र रिस्ता गुरुङसँग फिल्मको बाँकी सुटिङका लागि हङकङ पुगेका छन्। पल यसपालिको दशैंलाई आफ्ना दर्शकका लागि अझै विशेष बनाउन लागिपरेका छन् रे।

टिजरले ४ दिनमै ५० लाख भ्युज पाइसकेको थियो, अब यो गीतले कहाँसम्म रेकर्ड राख्ने हो, हेर्न बाँकी नै छ।

गीतः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu