चलचित्र ‘द राइज अफ साम्राज्य’को छायांकन विराटनगरबाट सुरु, सौगात २५ देखि ८० वर्षसम्मको भूमिकामा देखिने



काठमाडौं – मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै निर्देशक सौरभ चौधरीको ‘एपिक एक्सन ड्रामा’ चलचित्र ‘द राइज अफ साम्राज्य’ को छायांकन सुरु गरिएको छ। ठूलो क्यानभासमा निर्माण हुन लागेको यस चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ, जसका लागि निर्माण पक्षले ७० दिनको कार्यतालिका तय गरेको छ।

यस चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली, सुशील श्रेष्ठ र अमरप्रताप श्रेष्ठको मुख्य अभिनय रहेको छ। चलचित्रमा सौगात मल्लले २५ वर्षको युवादेखि ८० वर्षको वृद्धसम्मको निकै चुनौतीपूर्ण भूमिका निर्वाह गर्नेछन्। निर्देशक चौधरीले यसै चलचित्रमार्फत दयाहाङ राईसँग पहिलोपटक सहकार्य गर्दैछन् भने सुशील श्रेष्ठसँग करिब ६ वर्षपछि पुनर्मिलन गरेका छन्। त्यस्तै, अभिनेता अमरप्रताप श्रेष्ठले यसै चलचित्रका लागि साढे दुई वर्षदेखि निर्देशकको निगरानीमा विशेष प्रशिक्षण लिएका थिए।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रको कथा तथा पटकथा चर्चित उपन्यासकार बुद्धिसागरले लेखेका हुन्। चलचित्रका निर्माता प्रवेश चौधरी र निला देव हुन् भने सह-निर्माता विश्वास बस्नेत (बेन) र कार्यकारी निर्माता शंकर पाण्डे रहेका छन्। प्राविधिक पक्षतर्फ मानकृष्ण महर्जनको छायांकन (डीओपी) र श्री श्रेष्ठको एक्सन निर्देशन रहनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu