उपासना र कुन्दन अभिनित हरर चलचित्र ‘भिडियोटेप’ को छायांकन ३१ दिनमा सम्पन्न



काठमाडौं – एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको हरर जनराको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’ को छायांकन ३१ दिनमा सम्पन्न भएको छ। भदौको पहिलो सातादेखि उपल्लो मुस्ताङबाट सुरु गरिएको यस चलचित्रको बाँकी छायांकन काठमाडौंमा ३ रात खिचेर पूरा गरिएको हो। सम्पूर्ण टिमको कडा मिहिनेतका कारण निर्धारित समयमै छायांकन सकिएको निर्देशक ओविद उद्दिनले बताएका छन्।

यस चलचित्रमा नायिका उपासना सिंह ठकुरी र नायक कुन्दन मान शाक्यको मुख्य भूमिका रहेको छ। उनीहरूका साथै अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं र सिद्धार्थ सिंह लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। आफूलाई हरर जनराका चलचित्र विशेष मन पर्ने भएकाले यसैमा काम गरेको निर्देशक ओविदको भनाइ छ।

चलचित्रमा वशिष्ट प्रधानको डीओपी, ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट र महेश बरालको मुख्य सहायक निर्देशन रहेको छ। निर्माण पक्षका अनुसार, पोस्ट–प्रोडक्सनको काम सुरु हुन लागेको यस चलचित्रको प्रदर्शन मिति भने हालसम्म तय गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu