प्रदीप–सनिशा अभिनीत ‘शुभ विवाह’को डबिङ सुरु, फागुन २१ मा प्रदर्शन हुने



चलचित्र ‘शुभ विवाह’को डबिङ

काठमाडौं । आगामी फागुन २१ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘शुभ विवाह’को डबिङ सुरु भएको छ । सुदर्शन थापा निर्देशित चलचित्रका प्रदीप खड्का, सनिशा भट्टराईलगायत सबै कलाकार अहिले डबिङमा व्यस्त छन् ।

सुपरहिट चलचित्र ‘प्रेमगीत’पछि निर्देशक सुदर्शन र अभिनेता प्रदीप लामो समयपछि यही चलचित्रमार्फत फेरि सँगै काम गरिरहेका छन् ।

चलचित्र ‘शुभ विवाह’को डबिङ

चलचित्रमा प्रदीप र सनिशासँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्दकिशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईं, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यको अभिनय रहेको छ ।

प्रियदर्शन फिल्म्सको ब्यानरमा बनेको चलचित्रका कार्यकारी निर्माता साम भुजेल हुन् । प्रदीप श्रीवास्तवको कथामा रामशरण पाठकले पटकथा तथा संवाद लेखेका हुन् ।

चलचित्र ‘शुभ विवाह’को डबिङ

चलचित्रमा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ र विक्रम स्वाँरको नृत्य निर्देशन छ । ट्रेलर सम्पादन साहिल खानको हुनेछ ।

चलचित्रको डिजिटल साझेदार बुढासुब्बा डिजिटल हो । भीष्म फिल्म्स र श्रीराम बालाजीले चलचित्र वितरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu