‘सोफा स्टोर’को ब्रान्ड एम्बेसडर बन्दै कुलब्वायले भने, “हानिकारक उत्पादनलाई प्रवर्द्धन गर्दिन”



काठमाडौं – हामी नेपालीहरूको एउटा रमाइलो बानी छ- सानो चकलेट किन्न जाँदा पनि हामी एक्लै जाँदैनौँ, एउटा भरपर्दो साथी खोज्छौँ। व्यवसायको यात्रा पनि त त्यस्तै हो। बजारमा एक्लै कुदेर त केही दूरी पार गर्न सकिएला, तर देशैभरका ग्राहकको मन जित्दै लामो यात्रा तय गर्न एउटा दह्रो र लोकप्रिय साथीको साथ चाहिन्छ।

विगत लामो समयदेखि ग्राहकलाई उच्च गुणस्तरका फर्निचर उपलब्ध गराएर बजारमा छुट्टै पहिचान बनाइसकेको ‘सोफा स्टोर’ले यति बेला त्यस्तै एक भरपर्दो सहयात्री भेटाएको छ। देशैभर शाखा सञ्जाल बिस्तार गर्दै सुलभ मूल्यमा गुणस्तरीय सामान पुर्‍याउने आफ्नो महाअभियानलाई थप उचाइमा लैजान सोफा स्टोरले युवापुस्ता माझ निकै लोकप्रिय अभिनेता तथा टिकटक स्टार पारस बम ठकुरी (कुलब्वाय ) सँग हात मिलाउँदै ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।

जडीबुटीस्थित मुख्य कार्यालयमा मिडियाकर्मीहरूको उपस्थितिबीच यी दुई उदीयमान शक्तिहरू १ वर्षका लागि व्यावसायिक रूपमा जोडिएका हुन्। यो सहकार्य केवल व्यापार बढाउनका लागि मात्र नभई उपभोक्ताप्रतिको जिम्मेवारी र गुणस्तरप्रतिको प्रतिबद्धता पनि रहेको सोफा स्टोरका सञ्चालक दीपेन्द्र धरेलले बताए।

मिडियासामु पहिलो पटक ब्रान्ड एम्बेसडरका रूपमा प्रस्तुत हुँदा पारसले आफ्नो एउटा बलियो अडान स्पष्ट पारे। उनले भने, “म सधैँ उच्च गुणस्तर भएका र मानव स्वास्थ्य वा समाजलाई हानि नगर्ने ब्रान्डको मात्र प्रवर्द्धन गर्छु। हानिकारक कुराहरूको म कहिल्यै प्रचार गर्दिनँ। सोफा स्टोरको गुणस्तरमा म ढुक्क छु, त्यसैले यो सहकार्यमा बाँधिएको हुँ।”

दसैँ, तिहार तथा छठ जस्ता नेपालीहरूका महान् चाडपर्वहरू नजिकिँदै छन्। यस्तो बेला धेरैजसो नेपालीहरू आफ्नो घरलाई नयाँ र आकर्षक फर्निचरले सजाउन चाहन्छन्। यही माहौललाई लक्षित गर्दै नवनियुक्त ब्रान्ड एम्बेसडर पारसले ग्राहकहरूलाई एक पटक सोफा स्टोरका शाखाहरूमा पुगेर उत्कृष्ट कलेक्सनहरू नियाल्न आग्रह गरेका छन्।

पारसका अनुसार यो सम्बन्ध केवल एक वर्षको सम्झौता मात्र नभएर मिडिया, सोफा स्टोर र आम उपभोक्ताबीचको एउटा लामो र सुमधुर पारिवारिक यात्राको सुरुवात हो। उनले सोफा स्टोरका सञ्चालक धरेलको व्यावसायिक यात्राको प्रगतिको कामना गर्दै आगामी दिनमा यसले अझ धेरै नेपालीहरूलाई रोजगारीको अवसर दिने विश्वास समेत व्यक्त गरे।

सोफा स्टोरका सञ्चालक धरेल आफैँमा एक उदीयमान र जुझारु व्यवसायी हुन्। एक्लै हिँडेर बजारमा ब्रान्डको बलियो जग बसाल्न सफल धरेल अब पारसको ऊर्जा र लोकप्रियताको साथ पाएपछि व्यवसायले नयाँ फड्को मार्नेमा पूर्ण रूपमा ढुक्क छन्। “हामी देशकै एउटा उदीयमान व्यवसायका रूपमा अघि बढिरहेका छौँ र पारसजी पनि युवापुस्तामा लोकप्रिय उदीयमान कलाकार हुनुहुन्छ,” धरेलले खुसी व्यक्त गर्दै भने, “यो सहकार्यले हाम्रा सुलभ र गुणस्तरीय उत्पादनहरूलाई देशका कुना–कुनासम्म पुर्‍याउन ठुलो मद्दत गर्नेछ।”

सामान्य देखि लक्जरी सामानहरू पाउने सोफा स्टोरमा आफ्नै कारखानामा उत्पादित फर्निचरका सबै सामानहरू उपलब्ध छन्। काठमाडौं उपत्यकामा जडीबुटी, महाराजगन्ज, भक्तपुर, चमाती र उपत्यकाबाहिर धनगढी र सुर्खेतमा सोफा स्टोरका बिक्री केन्द्रहरू रहेका छन्। सोफा स्टोरले करिब १ सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu