कस्तुप पन्तको नयाँ डान्सिङ गीत ‘मनमा पिर भए नी नाँचिन्छ’ सार्वजनिक, प्रिती आलेको स्वर र दमदार नृत्य



काठमाडौं – नेपाली सांगीतिक क्षेत्रका स्थापित गीतकार तथा संगीतकार कस्तुप पन्तको सिर्जनामा नयाँ डान्सिङ गीत ‘मनमा पिर भए नी नाँचिन्छ’ सार्वजनिक भएको छ। प्रायः मर्मस्पर्शी गीत सिर्जनामा चिनिने पन्तले यसपटक पूर्ण रूपमा रमाइलो डान्सिङ बिटको गीत दर्शकसामु ल्याएका हुन्। यस गीतमा चर्चित गायिका प्रिती आलेको स्वर रहेको छ।

मनका अनेकौं सङ्घर्ष, समस्या र मानसिक तनावलाई भुलेर केही पल भए पनि मन खोलेर हाँस्नुपर्छ र नाच्नुपर्छ भन्ने सकारात्मक तथा ऊर्जावान् सन्देश यस गीतले बोकेको छ। सजिलो र ठेट शब्दहरूको प्रयोग भएकाले हरेक उमेर समूहको रोजाइमा परेको यो गीत सार्वजनिक भएसँगै टिकटक र फेसबुक रिल्समा समेत निकै रुचाइएको छ। भिडियोमा गायिका प्रिती आले आफैंले गीतको भावअनुसारको जीवन्त र आकर्षक नृत्य प्रस्तुत गरेकी छिन्।

स्मृती तिमिल्सिना ‘गुरु आमा’ को निर्देशन तथा कोरियोग्राफी रहेको यस भिडियोमा विकास आले मगर र भागिरथा गाहा मगरले सहायक कोरियोग्राफी गरेका छन्। गीतको सङ्गीत संयोजन रमेश सेन्चुरीले गरेका हुन् भने मारुनी डिजिटलमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका हुन्। त्यसैगरी, भिडियोको छायांकन करण चैसिर र सम्पादन नविन घर्ति मगरले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu