हलिउड अभिनेता ब्राड पिट आफ्नी पत्नी एन्जेलिना जोलीले निर्देशन गर्ने फिल्म ‘अफ्रिका’मा रिचर्ड लीको भुमिकामा अभिनय गर्ने लगभग पक्का भएका छन् । श्रोतका अनुसार बायोपिक फिल्ममा ‘अफ्रिका’मा पिटलाई अनुवन्धन गराउनका लागि अन्तिम छलफल भइरहेको बताइएको छ ।
हाल दुवैजना एन्जोलिनाले निर्देशन गरेको तेस्रो फिल्म ‘द सी’मा व्यस्त छन् । ‘अफ्रिका’ सन १९८० को अन्त्यमा केन्यामा हात्तीको संरक्षणमा लागेका प्रशिद्द पुरात्तवविद् लीको जीवनीमा आधारित छ । एरिक केन्यामा हात्तीहरुको संरक्षण लागि शिकारीसँग सशस्त्र संघर्ष गर्ने गर्थे । फिल्मको कथालाई ओस्कार विजेता एरिक रोथले लेखेका हुन् ।