‘चंखे शंखे पंखे’को अडियो गीत रिलिज



chankhe

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आउने बर्षको जनै पूर्णिमामा रिलिज लक्षित नेपाली चलचित्र ‘चंखे शंखे पंखे’को गीत रिलिज भएको छ । एकनारायण भण्डारीले लेखेको ‘फेसबुकले’ बोलको गीतमा ताराप्रकाश लिम्बुको संगीत तथा रुपक डोटेल, भीम लिम्बु र रुकमान लिम्बुको स्वर रहेको छ ।

यस चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा निर्देशक थापा मुख्य भुमिकामा छन् । उनको साथमा सुवास थापा, प्रेम पुरी र पुजा शर्मा प्रमुख कलाकार हुन् । सुदर्शन र पुजा अभिनित चलचित्र ‘अझै पनि’ फागुन १५ मा रिलिज हुँदैछ । ‘अझै पनि’ प्रचार-प्रसारको मुख्य समयमा रहेको बेला मुख्य कलाकार अभिनित अर्को चलचित्र ‘चंखे शंखे पंखे’को गीत रिलिज भएको हो ।

गीत सुन्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu