हलिउड अभिनेत्री तथा निर्देशक एन्जोलिना जोली संसारकै सर्वाधिक रुचाइएकी महिला बनेकी छन् । उनले नोबेल पुरस्कार विजेता मलाला युसफजई, हिलेरी क्लिन्टन, बेलायती महारानी एलिजाबेथ लगायतलाई पछाडी पारेकी छिन् ।
अनलाईन पत्रिका ‘डेलीमेल डट कम को यूके’ का अनुसार २५ हजार मानिसहरुवीच गरिएको एक सर्वेक्षणले अन्तराष्ट्रिय क्षेत्रमा एन्जोलिनाको प्रभाव सबैभन्दा धेरै रहेको देखाएको छ । त्यसै गरी दोस्रो स्थानमा रहँदै जोलीलाई केटीहरूको हकका लागि लड्दै आएकी पाकिस्तानी सामाजिक कार्यकर्ता मलाला युसफजईले पछ्याएकी छन् ।
त्यस्तै अमेरिकाकी पूर्व विदेश मन्त्री हिलेरी क्लिन्टन तेस्रो स्थानमा रहेकी छिन् । २३ देशमा यसको सर्वेक्षण गरिएको थियो ।