बलिउड स्टार अर्जुन कपुर, रणवीर सिंह तथा बलिउड फिल्म निर्देशक करण जौहरमाथी अश्लिल हाँस्य प्रस्तुति गरेको भन्दै मुम्बई स्थित एक प्रहरी चौकीमा उजुरी परेको छ । मुम्बईको ब्राह्मण एकता सेवा संस्थाका अध्यक्ष अखिलेश तिवारीले उनीहरुका विरुद्द साकिना पुलिस चौकीमा उजुरी दर्ता गराएका हुन् ।
उजुरीमा उनले रणवीर, अर्जुन तथा करनले आफ्नो प्रस्तुतीबाट एकअर्कालाई तथा कार्यक्रम हेरिरहेका दर्शकहरुमाथी अश्लिल टिप्पणी गरेको आरोप लगाएका छन् । तिवारीले आफ्नो उजुरीमा करण, अर्जुन र रणवीर सहित कार्यक्रमका आयोजकमाथी मुद्दा दायर गर्नुपर्ने माग गरेका छन् ।
कार्यक्रममा उनीहरुले द्विअर्थी लाग्ने र अंग्रेजीमा अश्लिल गाली गर्दा प्रयोग गर्ने शब्दहरुको प्रयोग गरेका थिए ।