बलिउडस्टार वरुण धवनको फिल्म बदलापुर वयस्कहरुलेमात्रै हेर्न पाउने भएका छन् । निर्माता श्रीराम राघवनले फिल्ममा समावेश सेक्स सिन र आपत्तिजनक दृष्यहरु हटाउन अस्वीकार गरिदिएपछि सोन्सर बोर्डले यस फिल्मलाई एडल्ट सर्टिफिकेट दिएको हो ।
सेन्सर बोर्डका लागि मंगलबार यस फिल्मको स्कृनिङ गरिएको थियो । त्यसपछि बोर्ड सदस्यहरुले केही दृष्य हटाएमा ‘यु र ए’ सर्टिफिकेट दिने बताएका थिए । तर राघवनले कुनै दृष्य हटाउन मानेनन् । फिल्ममा नायक वरुण धवन र नायिका यामी गौतमबीचको रोमान्सका केही दृष्यमा सेन्सर लागेको हो । निर्माताले ती दृष्य हटाउनु भन्दा ‘ए’ सर्टिफिकेट लिन नै स्वीकार गरेको बताइएको छ ।