ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चैत २७ गते देशभर प्रदर्शनको तयारमिा रहेको चलचित्र हवल्दार सुन्तलीको अफिसियल ट्रेलर रिलिज भएको छ । ‘सेतो बाघ’ र ‘नाईँ नभन्नू ल ३’ सँग एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र हवल्दार सुन्तलीको सार्वजनिक ट्रेलरमा नायिका शिल्पा पोखरेलको धमाकेदार एक्शन देख्न सकिन्छ ।
ट्रेलरले दर्शकलाई चलचित्रप्रति अझ धेरै कैतुहल्ता सृजना गर्ने चलचित्रका कार्यकारी निर्माता छबिराज ओझाले बताएका छन् । सार्वजनिक ट्रेलरमा कलाकार किशोर खतिवडा र सविन श्रेष्ठ लगायतका कलाकारहरु पनि देखिएका छन् । छविराज प्रोडक्सनको व्यानरमा निर्मित सो चलचित्रलाई दर्शकले मन पराउने अपेक्षा निर्माताको छ ।
शिल्पा पोखरेल, किशोर खतिवडा, सविन श्रेष्ठको प्रमुख भूमिका चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रमा कविराज गहतराजको नृत्य, दीपक शर्माको सङ्गीत, चन्द्र पन्तको द्वन्द्व र मदन कश्यप घिमिरेको छायाङ्कन रहेको छ ।
गीत हेर्नुहोस्: