दिल्लीमा देउता प्रदर्शन गरिँदै



Deuta-in-Delhi

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्र देउता फागुन १० गते भारतको नयाँ दिल्लीमा विषेश प्रदर्शन गरिने भएको छ । यस चलचित्रको दिल्लीमा केही अंश छायांकन भएका कारण विषेश प्रदर्शन दिल्लीमा गरिन लागेको निर्देशक रामभक्त श्रेष्ठले जानकारी दिएका छन् ।

भोजपुरी गायक श्याम मिश्रले पहिलो पटक नायकमा डेब्यु गरेको चलचित्र देउतामा अन्य कलाकारहरुमा पुस्कर राउत, मोहन के.सी., जोशना भट्ट, बालदिप राई, रामचन्द्र अधिकारी, मन्जु श्रेष्ठ, देशभक्त खनाल, राजेन्द्र वस्नेत, उमेश खड्का, पदम गाहा, सुरवीर पण्डित, आदिको मुख्यभूमिका रहको देउताका प्रस्तुतकर्ता पदम गाहा हुन भने निर्मातामा प्रेम विक, गगन रजाली रहेका छन् ।

देउतामा द्धन्द्ध हिमाल केसी, नृत्य दिनेश पाख्रिन र कविराज गहतराजको रहेको छ । देउताले दैविक शक्तिको महत्वबारे उजागर गर्नुका साथै समसामयिक प्रेमकथालाई पनि समेट्ने प्रयास गरेको चलचित्र देउता उत्तरगया फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu