‘झोला’ हेर्दा झर्‍यो रोल्पालीको आँशु



rolpa-jhola

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
श्रीमानको निधन भएमा जिउँदै चितामा जलेर सति जानुपर्ने कथा बोकेको चलचित्र झोला हेरेपछि रोल्पाका बासिन्दाहरुले गहभरी आसु पारेका छन् । शुक्रबार देखी रोल्पामा जारी ‘अन्तराष्ट्रिय चलचित्र कार्यशाला २०१५’ को दोश्रो दिन खुल्लामञ्चमा झोला प्रदर्शन गरिएको थियो । झोला हेर्न रोल्पाली उर्लिएका थिए ।

साँझ ढल्केसँगै प्रोजेक्टरमार्फत पर्दामा देखाईएको चलचित्र हेर्न ठूलो संख्यामा रोल्पालीहरु उपस्थित थिए । रोल्पाका स्थानियहरुले चलचित्र झोला हेरेपछि चलचित्र झोलाका निर्देशक यादवकुमार भट्टराई र निर्माता राज तिमिल्सेनाको खुलेर तारिफ गरे । फिल्म हेर्न जम्मा भएका तीन सय बढी दर्शकले रोल्पामा सिनेमा हल बनाउन पहल कदमी गरिदिन झोला निर्देशक भट्टराइसंग आग्रह गरे । निर्देशक भट्टराईले नेपाली चलचित्रको बजार विस्तारको क्रम बढ्दै गर्दा ‘झोला’प्रति रोल्पालीले देखाएको चाख काठमाडौंका दर्शकको भन्दा कम नभएको बताए ।

नौ दिनसम्म चल्ने कार्यशालामा हरेक दिन साँझ स्थानिय दर्शकलाई नेपाली चलचित्र देखाउने आयोजक संस्थाको योजना छ । सार्वजनिक प्रदर्शनको क्रममा दर्शकको मन जितेको यो चलचित्र अहिले विदेशका विभिन्न सहरमा प्रदर्शनको क्रममा रहेको छ भने निर्माण संस्थाले यो चलचित्र पुनः प्रदर्शन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu