‘किक-२’ को कथा लेख्दै सलमान



kick-2

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बलिउड सुपरस्टार सलमान खान अभिनित चलचित्र किकको पनि सिक्वेल बन्ने भएको छ । हाल अभिनेता सलमान खानले ‘किक २’ को कथा लेख्दैं गरेका भारतीयसञ्चारमाध्यमहरुले जनाएका छन् । किक २ मा पनि सलमान नै मुख्य भुमिकामा रहनेछन् भने ‘किक २’ को कथा सलमान ले नै लेखिरहेका छन् ।

किक चलचित्रका निर्देशक साजिद नाडियावालाले किकको सिक्वेल बनाउन आफुले राम्रो कथा अहिलेसम्म पनि छनोट गर्न नसकेको खुलाएका छन् । खबरका अनुसार किक २ लाई पनि किकका निर्देशक साजिद नाडियावालाले निर्देशन गर्नेछन् । सन् २०१४ मा बलिउडमा सर्वाधिक कमाई गर्ने फिल्मको रुपमा रेकर्ड बनाएको किकको छायांकन २०१६ बाट मात्र सुरु हुन सक्ने बताइएको छ ।

निर्देशकको कुरा सुनेपछि सलमानले कथाको प्लट बनाएर निर्देशक नाडियावालासँग सल्लाह गरेका थिए । निर्देशकले कथा राम्रो लागेको भन्दै सलमानलाई लेख्न आग्रह गरेका थिए । सलमान पनि निर्देशकले कथा लेखनको जिम्मेवारी दिएकोमा उत्साहित छन् । सलमानले यसअघि ‘वीर’ को कथा लेखेका थिए । ‘

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu