चितवनमा ‘अझै पनि’को वाह-वाहि, ‘डान्स चितवन डान्स’मा प्रचारात्मक प्रस्तुती



ajhai-pani-promotion-dcd

ठुलोपर्दा डटकम, चितवन ।
फागुन १५ मा देशैभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘अझै पनि’ प्रचार-प्रसारको तिब्र गतिमा रहेको छ । यसै क्रममा चलचित्रले सोमवार चितवनकै सबैभन्दा ठुलो रियालिटी शो ‘डान्स चितवन डान्स’मा आफ्नो सहभागिता जनायो ।

‘डिसिडि’को ग्राण्ड फाईनल कार्यक्रममा चलचित्र निर्माता पुनम गौतम, नायक तथा निर्माता सुदर्शन थापा, नायिका पुजा शर्मा र गायक तथा संगीतकार हरि लम्सालले सहभागिता जनाएका थिए । कार्यक्रममा गायक लम्सालले यतिबेला सबै सञ्चारमाध्यममा नंबर एकको स्थानमा कब्जा जमाईरहेको ‘प्रेम दिवस’ बोलको गीत गाएका थिए । लम्सालले गाउँदै गर्दा चितवनवासीले लम्साललाई सँगै गाएर साथ दिएका थिए ।

ajhai-pani-promotion-dcd1

त्यस्तै, निर्माता पुनम गौतमले आफु पनि चितवनकी छोरी रहेको बताउँदै चितवनवासीलाई फागुन १५ मा ‘अझै पनि’ हेर्नको लागि आग्रह गरिन् । नायक तथा निर्माता सुदर्शन थापाले चलचित्र सामाजिक कथामा बनेको बताए । उनले फरक पहिचान र उत्कृष्ट काम दिन सफल निर्देशक आलोक नेम्वाङ्को अन्तिम चलचित्र रहेको बताउँदै हरेक नेपालीले एकपटक हेर्नैपर्ने चलचित्र रहेको बताए । साथै, नायिका पुजा शर्माले फागुन १५ मा सबैजना चलचित्र हेर्न आउने विश्वास रहेको बताउँदै गर्दा कार्यक्रम हलमा उपस्थित सबैले सहमति जनाएका थिए ।

grihendra-ghimire-jitu-nepal-ramkrishna-dhakal

स्व. निर्देशक आलोक नेम्वाङ्को अन्तिम चलचित्र ‘अझै पनि’मा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, विजय लामा, मिथिला शर्मा, रामशरण पाठक, पुष्प खड्का, बिशाल ढुंगाना, प्रमिला खनाल, बिपना धिमाल लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । पुनम गौतम र सुदर्शन थापाले संयुक्त रुपमा बनाएको यो चलचित्र सुदर्शन थापा प्रोडक्शन र पुनम इन्टरटेन्मेण्टको ब्यानरमा बनेको हो ।

सोहि कार्यक्रममा चलचित्र ‘अझै पनि’बाट चितवन पुगेको टिमलाई मायाको चिनो प्रदान गरिएको थियो । उक्त कार्यक्रममा गायक रामकृष्ण ढकाल, हाँस्यकलाकार जितु नेपाल, निर्माता गृहेन्द्र घिमिरे, गायक तथा संगीतकार टंक बुढाथोकी लगाएतका चलचित्र तथा संगीतकर्मीको उपस्थिती थियो ।

angelina-baraili-dcd

सोसिजेनस मिडिया प्रालिले आयोजना गरेको ‘डिसिडि’को १४ बर्ष मुनिको शिर्षक एन्जिलिना बरालीले जितेकी छिन् भने १४ बर्ष माथीको शिर्षक अस्मिता सेन्चुरीले जितेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu