सत्यपरक विषयको पुनर्जन्म | ट्रेलर र गीत सार्वजनिक



punajanma

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फागुन २२ गतेबाट अल नेपाल रिलिज हुने चलचित्र ‘पुनर्जन्म’ले मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै ट्रेलर र गीत सार्वजनिक गरेको छ । कार्यक्रममा फिल्मका निर्माता मोहनकृष्ण श्रेष्ठले फिल्मले द्वन्द्वकालमा सैनिकको परिवारमा घटेको घटनालाई यथार्थपरक रुपमा फिल्ममा प्रस्तुत गरिएको जानकारी दिए । अभिनेता आर्यन सिग्देलले फिल्मले व्यावसायिकता भन्दा पनि सत्यपरक विषयलाई उठान गरिएको बताए ।

अर्का अभिनेता गजित विष्टले सैनिकको जीवनमा द्वन्द्वले पारेको प्रभावसागै फिल्मले कार्यक्षेत्रमा सैनिकको साथीभाई प्रतिकेा भावना र मायाप्रेमलाई समेटेको जनाए । अभिनेत्री केकी अधिकारीले सैनिक अधिकृतको जीवनमा आउने उतारचढाव र त्यसले उसको वैवाहिक जीवनमा पार्ने प्रभावलाई फिल्मले प्रस्तुत गरेको बताईन् । फिल्मका निर्देशक तथा सम्पादन सजन श्रेष्ठले शुरुमा सर्ट फिल्म बनाउन लागे पनि त्यसको कथालाई नयाा तरिकाले प्रस्तुत गरेर फिल्म बनाएको खुलाए ।

एमके इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रमा मोहनकृष्णसँगै भद्रबहादुर शाहीको समेत लगानी रहेको छ । चलचित्रमा सुस्मिता शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल र रुष्मा श्रेष्ठलगायतको अभिनय रहेको छ । सुदर्शन श्रेष्ठको कथा र पटकथा रहेको फिल्ममा बसन्त सापकोटा र जयन्त शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व र शिव ढकाल तथा नवराज कृष्ण थापाको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu