हेमन्तको नयाँ गीत – ‘जाली माया नलाउ हो’ (भिडियो)



hemanta-sharma-parampara

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र ‘नाई नभन्नू ल २’ बाट नेपाली चलचित्रमा प्रवेश गरेका भिजे तथा म्युजिक भिडियो निर्देशक सुरज सिंह ठकुरी र करिब ३ बर्षपछि चलचित्र ‘नाईँ नभन्नू ल ३’ बाट चलचित्रको पर्दामा देखिन लागेकी नायिका सञ्चिता लुइँटेल एक म्युजिक भिडियोमा देखिएका छन् ।

गायक हेमन्त शर्माको ‘जाली माया नलाउ हो जालमा परिन्छ’ बोलको गीतमा उनीहरुले एकसाथ अभिनय गरेका छन् । भुषण दाहालले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा संचिता र सुरज सिंहको प्रेमभावलाई देखाइएको छ ।

हेमन्तको ‘परम्परा’ एल्बममा समावेश यस गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ । निर्देशक भुषण दाहालका अनुसार उक्त गीतमा सुरज र संचिताको जोडीलाई सबैले तारिफ गर्ने जोडीको रुपमा देखाइएको बताए ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu