जेल सजाय भोगिरहेका संजय दत्त १४ दिनको छुट्टीमा



sanjay-dutt-chhuttimaठुलोपर्दा डटकम, काठमाण्डौ। संजय दत्तको मागमा सुनुवाई गर्दै उनलाई १४ दिनको जमानत दिइएको छ । संजय १४ दिनको जमानत पाउने वित्तिकै सबैभन्दा पहिला आफ्नो घरमा पुगेका छन् ।  जेलमा रहेका संजयले प्रशासनसँग आफ्नो स्वास्थ्य अवस्था खराब भएको बताउँदै आएका थिए ।

संजयलाई महाराष्ट्रको यरवडा जेलमा राखिएको छ । उनको पैतालामा समस्या देखिएको थियो । उनलाई आफू बसेको राज्य र देशबाट बाहिर जान भने रोक लगाइएको छ । उनी अब आफ्नो उपचार सुरु गर्दैछन् । उनी अस्पतालमा भर्ना नभएको खण्डमा दैनिक प्रहरी समक्ष पुग्नु पर्ने हुन्छ । संजयलाई साढे ३ बर्षको जेल सजाय सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu