ठुलोपर्दा डटकम, काठमाण्डौ ।
छायाँछबि क्रियसनले दोस्रो पटक ‘काठमाडौं सर्ट फिल्म फेस्टा २०१५’ आयोजना गर्न लागेको छ । सर्ट फिल्म मेकरहरुलाई प्रोत्साहित गर्न सकियोस र राम्राभन्दा राम्रा सर्ट फिल्म निर्माण हुन् तथा यसको बजारको लागि सम्बन्धित क्षेत्रले चासो देओस् भन्नका लागि पनि पुन दोस्रो काठमाडौं सर्ट फिल्म फेष्टा ०१५ आयोजना गर्न लागिएको आयोजकको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
फेष्टा फागुनको अन्त्यमामा आयोजना गरिने छ भने उक्त महोत्सवमा छोटा चलचित्र प्रदर्शनका साथै चलचित्र सम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ । यो फेस्टामा बृत्तचित्र, चलचित्र, कार्टुन एनिमेशन चलचित्रले भाग लिन पाउने जनाएको छ । आयोजकका अनुसार फेस्टामा भाग लिनको लागि चलचित्रको लम्बाई ३ मिनट देखि ४५ मिनट भित्रको हुनु पर्ने आयोजकले जनाएको छ । फेस्टामा सहभागी हुनका लागि फागुन १५ सम्म लघू चलचित्र दर्ता गर्नु पर्ने प्रावधान राखिएको छ ।
सर्ट फिल्म फेस्टा २०१५ मा सहभागी सर्ट फिल्मले प्रथम, द्वितीय, तृतीय पुरस्कार प्राप्त गर्ने छन् । यस्तै ‘बेस्ट फिक्सन सर्ट फिल्म’, ‘बेस्ट डकुमेन्ट्री सर्ट फिल्म’, ‘बेस्ट एनिमेशन सर्ट फिल्म’, ‘जुरी अवार्ड’, इनकरेजमेन्ट अवार्ड र ‘पब्लिक च्वाईस अवार्ड’ सहीत विभिन्न विधामा नगद सहित अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । जुनसुकै बिधा र शैलीका चलचित्रले पनि फेस्टामा भाग लिन पाउने आयोजकले जनाएको छ ।