कुनै बेला बलिउड हल्लाएका प्रेमजोडीहरु



bollywood-couple

बलिउडको पर्दामा मात्र नभएर रियल लाइफमा पनि कुनै समय प्रेम प्रेमिका रहेर यात्रा गरेका बलिउडका चर्चित जोडीहरुलाई आज हामी तपाईहरु माझ देखाउन गइरहेका छौं । पर्दामा मात्र नभएर रियल लाइफमा नै रोमान्स गरेका बलिउडका यि चर्चित जोडीहरुको धेरै बर्ष अगाडी नै सम्बन्धविक्षेद भएको थियो तर आजसम्म पनि यि जोडीको प्रेमसम्बन्धले बेला बेलामा बलिउड तात्ने गरेको छ ।

सलमान र ऐश्वर्या
सलमान खान र ऐश्वर्या राय बलिउडका चर्चित प्रेमी जोडी दिए कुनै बेला । सन् २००३ मा ‘जिस्म’ नामक चलचित्रको सुटिङको समयमा उनीहरु नजिक भएका थिए । यिनीहरुबीच करिव ९ वर्ष सम्म रोमान्स चल्यो । सन् २०११ मा भने ऐश्वर्या सलमानबाट टाढा हुने निर्णय गरिन् । यी जोडीका जिस्म, एतबार, मदहोशी, शिकार, नो स्मोकिंग र गोल तथा निक्कै चर्चित हम दिल दे चुके सनम जस्ता चलचित्रमा अभिनय गरेका थिए । तर ब्रेकअप पछि भने यिनीहरुले एक अर्कासँग काम गर्न अस्वीकार गर्दै आएका छन् ।

शाहिद र प्रियंका
शाहिद कपुर र प्रियंका चोपडाबीच पनि रोमान्स चलेको थियो । हुन त शाहिद जुन चलचित्र खेल्छन् त्यसकै अभिनेत्रीसँग उनको अफेयरको चर्चा चल्छ तर उनले प्रियंकासँग रोमान्स गरेका थिए । यिनीहरु ‘तेरी मेरी कहानी’ नामक चलचित्रबाट नजिकिए थिए । यिनीहरुको अफेयरको विषयमा मिडियामा खुव चर्चा भयो तर यिनीहरुले आफ्नो सम्बन्धको विषयमा कहिल्यै पनि बोलेनन् । तर यिनीहरुको ब्रेकअप पछि भने यिनीहरुसँगै चलचित्रमा देखिएका छैनन् ।

अमिताभ बच्चन र रेखा
अमिताभ र रेखाको प्रेम कहानी बलिउडको सबैभन्दा चर्चित कहानी मध्ये एक हो । यिनीहरुलाई सँगै देख्न चाहने शुभचिन्तकहरु पनि लाखौं थिए । रेखा र अभिताभले थुप्रै फिल्म खेले । ‘दो अनजाने’ नामक चलचित्रका क्रममा यिनीहरु नजिक आएका थिए । अभिताभले कहिल्यै आफूहरुबीच प्रेम सम्बन्ध रहेको स्वीकार नगरेपनि रेखा भने यो सम्बन्धकै कारण जीवनभर अविवाहित रहने निर्णयमा पुगेको बताइन्छ ।

प्रियंका र अक्षयकुमार
प्रियंकाको नाम धेरै सेलिब्रेटीसँग जोडिसकेको छ । उनी अक्षयकुमारसँग पनि चर्चामा आइन् । अंदाज, एतराज, मुझसे शादी करोगी, वक्त लगायतका चलचित्रमा यिनीहरुको जोडीलाई धेरैले मन पराएका छन् । तर यिनीहरु अव सँगै देखिने सम्भावना भने लगभग समाप्त भैसकेको छ । यसको कारण हो अक्षयकी पत्नि ट्विंकल खन्ना । ‘वक्त’ नामक चलचित्रका क्रममा अक्षय र प्रियंकाको रोमान्स शुरु भएको चर्चा चलेपछि ट्विंकलले पति अक्षयलाई अव कहिल्यै पनि प्रियंकासँग चलचित्र नखेल्ने वाचा गर्न लगाएकी थिइन् ।

सञ्जय दत्त र माधुरी दीक्षित
माधुरी र सञ्जयको जोडी कुनै बेला बलिउडको साँच्चिकै चर्चित जोडी थियो । चलचित्र ‘साजन’ को क्रममा नजिक आएका माधुरी र सञ्जयबीच लामो समय सम्म रोमान्स चलेको थियो । त्यतिबेला नै विवाहित रहेका सञ्जय दत्तका पिता सुनिल दत्तलाई भने माधुरीसँगको आफ्नो छोराको सम्बन्ध मन परेको थिएन । ‘खलनायक’ नामक चलचित्रपछि सञ्जय दत्त जेल गए र माधुरीसँग उनको सम्बन्ध पनि टुट्यो । त्यसपछि यिनीहरु कहिल्यै पनि सँगै देखिएनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu