‘अझै पनि’लाई युनिभर्सल प्रमाणपत्र



Ajhai-Pani-Censer-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फाल्गुन १५ बाट देशव्यापी रिलिज हुने नेपाली चलचित्र ‘अझै पनि’ले युनिभर्सल (सबैले हेर्न मिल्ने) प्रमाणपत्र प्राप्त गरेको छ । सोमवार साँझ चलचित्र जाँचपास समितीले स्व. आलोक नेम्वाङ् निर्देशित अन्तिम यस चलचित्रका सबै दृश्यलाई मान्यता दिँदै यूनिभर्सल बनाएको हो ।

नारीको गहना सिन्दुर-पोतेको महत्व तथा युवा-युवतीको प्रेमकथामा बनेको ‘अझै पनि’ले दर्शकलाई मनोरञ्जन साथै समाजको अर्थ बुझाउने निर्माता पुनम गौतमले बताईन् । अर्का निर्माता तथा नायक सुदर्शन थापाले यो चलचित्र नेपालीकोलागी अति नै मिठो उपहार रहेको बताए ।

Ajhai-Pani-Censer-2

यसअघि ‘मेरो एउटा साथी छ’, ‘मेरो लभ स्टोरी’, ‘धन्दा’ तथा ‘मधुमास’ जस्ता चलचित्र निर्देशन गरेर ख्याती कमाईसकेका सुदर्शन थापाको अभिनय रहेको यो पहिलो चलचित्र हो । सुदर्शनको साथमा पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, विजय लामा, रामशरण पाठक, मिथिला शर्मा, प्रमिला खनाल, बिपना धिमाल लगाएतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रका लेखक रामशरण पाठक हुन् ।

राजेश श्रेष्ठको छायांकन रहेको ‘अझै पनि’का सम्पादक प्रितम पाण्डे हुन् । अष्ट महर्जनको द्वन्द्व रहेको यस चलचित्रमा महेश खड्का, हरि लम्साल, सचिन सिंह, राजनराज सिवाकोटीको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu