इजरायलको डिस्को धमाकामा नेपालका राजेश पायल राई



rajesh-payal-rai-israelठुलोपर्दा डटकम, इजरायल। नेपालीहरुको महान चाड वडा दशैँको अवसरमा नेपालका चर्चित गायक राजेश पायल राई इजरायल आउने भएका छन्। यहाँ हुने दशैँ बिशेष साँझ तथा डिस्को धमाकामा आफ्ना बेजोड प्रस्तुतीहरु दिन राजेश आउने भएका हुन्।

एनआरएन इजरायलको आयोजना हुने उक्त कार्यक्रममा राईले भर्खर सार्वजनिक ‘दर्शन नमस्ते-२’मा समावेश गीतहरु लगाएत सुपरहिट गीतहरुले मनोरञ्जन दिने बताईएको छ। द्वन्द पिडित बालबालिकाहरुको संरक्षक संस्था “साझा फाउन्डेसनको सहयोगार्थ” उक्त कार्यक्रम हुन लागेको हो।

अक्टोबर १८ तारिख शुक्रबार साँझ ७:०० बजे देखि नयाँ बसस्टेसन एभरेस्ट डिस्को कल्ब तेल-अभिवमा हुने उक्त कार्यक्रममा इजरायलका लागि नेपाली राजदुत प्रह्लाद कुमार प्रसाईँको प्रमूख आतिथ्यता रहने आयोजकले जनाएको छ। ‘इजरायलवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सँग शुभकामना आदान प्रदान गर्ने, दुख: सुख आदानप्रदान गरी मनोरन्जन लिने साथमा द्वन्द्वको बेलामा अंग भंग भएका घाईतेहरुको उपचारको लागि परेको सहयोगी संस्था साझा फाउन्डेसन नेपाललाई सकेको सानो सहयोग सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौँ’ एनआरएन इजरायलद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu