प्रेमकथामा ‘तिम्रो मनको मान्छे म’ बन्ने



timro-manxe-ma

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
दिनेश श्रेष्ठको लेखन तथा निर्देशनमा चलचित्र ‘तिम्रो मनको मान्छे म’ निर्माण हुने भएको छ । पुर्णतया प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको चलचित्र ‘तिम्रो मनको मान्छे म’ मा शिवन श्रेष्ठ, बिष्णु अर्याल, नम्रता योगी, निरु खड्का, सोनु पुमा, गोबिन्द घताने लगायतका कलाकारको अभिनय रहने छ ।

ग्रिनहिल भिएफएक्स प्रालिको व्यानरमा निर्माण हुन लागेको यस चलचित्रको मंगलबार काठमाडौंको गणेस्थान मन्दिरमा पुजाआजा गरी शुभमुहुर्त गरियो । काठमाण्डौ र पोखरामा छायांकन गरिने बताइएको यस चलचित्रका गितहरुमा भरत सिटौलाको संगित रहेको छ । चलचित्रमा रुपक भण्डारीले लगानी गरेका छन् ।

५० लाखको लगानीमा निर्माण हुन लागेको चलचित्र ‘तिम्रो मनको मान्छे म’ को छायांकन २५ दिन भित्रमा सकिने निर्माता भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu