सन् २०१४ को डिसेम्बर १२ मा रिलिज भएको दक्षिण भारतका सुपरस्टार रजनीकान्त अभिनित फिल्म लिंगा घाटामा जानुमा रजनीकान्त दोषी रहेको भन्दै क्षतिपूर्तिका लागी उनकै घरमा गएर प्रर्दशन गर्ने निर्णय गरेका छन् ।
रजनीकान्तले अभिनित गरेका प्राय फिल्महरुले राम्रो व्यापार गर्ने गरेको छ तर लिंगाले भने अरु चलचित्रको तुलनामा कमजोर व्यापार गरेको थियो । तर पनि चलचित्रले प्रदर्शनमा आएको ३ दिनमा नै १०० करोडको व्यापार गरेको थियो । कतिपय वितरकले फिल्म घाटामा जानुमा रजनीकान्त दोषी रहेको बताएका छन् ।
तमिलनाडु फिल्म निर्माता संघले भने वितरकको निर्णयको भत्सर्ना गरेको छ । संघले रजनीकान्तका फिल्मले सधैँ सफलता पाउने भन्दै लिंगाको असफलता उनको कुनै हात नरहेको भन्दै रजनीकान्तको बचाउ गरेको छ। लिंगामा सानाक्षी सिन्हा, अनुष्का सेठ्ठी लगायतको मुख्य भूमिका रहेको छ।