ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्र ‘इच्छा’ अलनेपाल रिलिज भएको छ । यो चलचित्रले सोलो रिलिजको मौका पाएको छ । यसभन्दा अघि इच्छासँग माला चलचित्र प्रदर्शनमा आउन खोजेको थियो तर मालाले पनि आफ्नो प्रदर्शन मितिसारेपछि इच्छाले सोला रिलिजको मौका पाएको हो ।
फरक पुस्ताको फरक सोचाईलाई मूख्य बिषय बनाईएको इच्छालाई यसअघि दुई सफल चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान-श्रीमती’लाई निर्माण गरेका मुनाल घिमिरेले निर्देशन गरेका हुन् । यो चलचित्र नै घिमिरेको पहिलो निर्देशन हो ।
चलचित्रमा दयाहाङ् राई, सुवास थापा, शिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । ‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको बताईएको छ ।
गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।