सौगात बने संसारकै कान्छा निर्देशक



gunnies-book-saugat-bista

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आठ बर्षको उमेरमा चलचित्र निर्देशन गरेका सौगात विष्टले गिनीज बुक अफ वर्ल्ड रेकर्ड्समा आफ्नो नाम लेखाउन सफल भएका छन् । विश्वकै कान्छा निर्देशकको रुपमा नाम लेखाउन सफल सौगात विष्टलाई शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

सुचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले सौगात विष्टलाई बधाई सहित गिनिज बुकको प्रमाण पत्र प्रदान गरेका थिए । नेपालको शिर विश्वमाभ अझ ठाडो बनाएकोमा खुसी व्यक्त गर्दै मन्त्री रिजालले गिनीज बुक अफ वर्ल्ड रेकर्ड्समा सौगातको नाम लेखिएकोमा नेपालले नै गर्व गर्नुपर्ने बताए । प्रमाणपत्र लिएपछि कार्यक्रममा बोल्दै सौगात विष्ट आफ्ना लागी यो जस्तो खुसीको पल कहिलेपनि नआएको बताए । केहि भावुक स्वरमा सौगातले भने, ‘मैले सोचेजस्तो गरि मेरो भगवान जस्ता दर्शकहरुले चलचित्र हेरिदिनुभएन तर सबैले धेरै भन्दा धेरै माया गरिदिनुभयो त्यसैले आज मैले यो प्रमाणपत्र लिन योग्य भए ।’ आफ्ना आमा बुबालाई पनि धन्यवाद दिएका सौगातले आफुलाई अझ यसरीनै माया गर्न आग्रह समेत गरे ।

सौगातले ७ वर्ष ३ सय ४० दिनको उमेरमा ‘लभ यू बाबा’ निर्देशन गरेर गिनीज बुक अफ वर्ल्ड रेकर्ड्समा कान्छो निर्देशकका रुपमा नाम लेखाएका हुन् । गिनिज बुकले आफ्नो अफिसियल वेभसाईटमा यसको घोषणा एक महिना अघि नै गरेपनि प्रमाणपत्र भने भर्खरै प्राप्त भएको हो । सौगातले निर्देशन गरेको चलचित्र लब यू बाबा मंसिर २६ गते देशभर प्रदर्शनमा आएको थियो ।

‘लभ यू बाबा’ मा अभिनेता गजित विष्ट र छोरी संगमको शिर्ष भूमिका रहेको छ । उनिहरु सँगै निश्मा घिमिरे, निर्मल शर्मा, अशिस्मा नकर्मी लगायतको पनि अभिनय रहेको छ । दिव्यराज सुवेदीको छायांकन रहेको फिल्ममा गम्भिर विष्टको नृत्य निर्देशन र चन्द्र पन्तको द्वन्द्व निर्देशन छ । चलचित्रलाई सम्झना पोखरेल र रोशनी बज्रचार्यले संयुक्त लगानीमा बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu