वर्षा र संजयलाई मिठो लाग्न थाल्यो माया (भिडियो)



satyaraj-video

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
गायक नकुल कार्की र गायिका पुष्पा गुरुङको आवाजमा रहेको ‘किन यति मिठो लाग्न थाल्यो माया’ नामक बोलको गीत रिलिज भएको छ । म्युजिक भिडियोमा चर्चित मोडल वर्षा शिवाकोटी र संजय थापाको अभिनय रहेको छ । भिडियोमा बर्षा र संजय बिचको प्रेमलाई देखाईएको छ ।

एकपछि अर्को गदैं सफल म्युजिक भिडियो निर्देशन गरिरहेका निर्देशक सत्यराज चौलागाईँले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई दर्शकले रुचाउने निर्देशक सत्यराज बताउँछन् । यस गीतको शब्द मनोज केसी र नकुल कार्कीको रहेको छ भने संगीत नकुल कार्कीले दिएका छन् । बुद्ध थापाको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहको सम्पादन रहेको छ । नुवाकोट स्थित ककनीको रमणीय स्थानमा छायांकन गरिएको सार्वजनिक भिडियोको निर्देशकिय पाटो मन पराईएको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu