ठुलोपर्दा डटकम, जनकपुर ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा बिहिबार अपरान्ह जनकपुरको जानकी मन्दिर प्राङ्गनमा ‘साँस्कृतिक मेला -२०७१’ भव्यताका साथ सम्पन्न भयो । राजधानीबाट जनकपुर पुगेका राष्ट्रिय स्तरका गायक गायिका, बाद्यबादन एवम् नृत्यागनाले आफ्ना प्रस्तुतबाट सो मेला रनक्कै राकिएको थियो ।
विविध साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारले पनि फरक फरक प्रस्तुती दिएका थिए । मिथिला नाट्य परिषदका कलाकार ए हमार जनकपुर…गीतमा नृत्यबाट मेला सुरु भएको थियो । धोविया नृत्य, डोमकछ नृत्य, तेगाकेघार…गीतमा आधुनिक मैथिली नृत्य प्रस्तुत गर्दा मैथिली भाषीले निकै मनोरञ्जन लिए । कलाकारले भोजपुरी नृत्य गन्नेको खेतमा…प्रस्तुत गर्दा दर्शकहरु सिठ्ठी बजाउँदै नाच्न पछि परेनन् ।
रिमा गुरुङ होडाले सुनैको चुरा छैन…, लाहुरे दाईले परदेशबाट…, हाासेर बोल्दैमा के जान्छर…जस्ता गीत प्रस्तुत गरेकी थिईन् । लाहुरे दाईले परदेशबाट…मा दर्शकले नाचेर साथ दिएका थिए ।
रामकृष्ण ढकालले आफ्ना चर्चित मलाई यो जिन्दगीले कहाँ पुर्यायो…, मन पराउने हजार…, चरिले त छाडेर…, फुल भन्छ फुली रहुँ…, पहाडको छुकछुके रेल…सहितका गीत गाउँदा दर्शकहरुले निरन्तर तालीले साथ दिएका थिए ।
प्रमोद खरेलले पनि कार्यक्रममा आफ्ना गीतसंगीतबाट दर्शकलाई आफ्ना गीतबाट मनोरञ्जित तुल्याए । उनले मेलामा उसले जती मायाँ…, डुबायो पापी मायाँले…, छुट्टएिर तिमीसँग…, म बिना कसै कसैलाई…, हे मायाँ र क्रिकेट गीत मेरो देश प्यारो नेपाल… गाएका थिए ।
मेलामा गायक त्रिपाठीले मेरो बारुली कम्मर लचक्कै…, सिम्पल सिम्पल कान्छीको…तगा ढल्को ढल्को जोबन मेरो ढल्क्यो…जस्ता गीत गाउँदा दर्शकहरु छमछमी नाचेका थिए । आभा मुकारुङले हावा सँगै मन…, कता हिँडेको…तिमीलाई चाहे…जस्ता गीत गाएकी थिईन । यस्तै सञ्जय तुम्रुकले यो गाउँको ठिट्टो म…, बजारिया मायाासँगै…लगायतका गीत प्रस्तुत गरेका थिए ।
सो साँस्कृतिक मेलामा राष्ट्रिय स्तरका कलाकारको घाटु नृत्य, कौडा नृत्य, धिमे, शेर्पा, हुड्केली, तामाङ एबम् राष्ट्रिय भावनाका नृत्यहरुले दर्शकलाई निरन्तर मनोरञ्जन दियो । यी नृत्यले जनकपुरमा हिमाल, तराईसँगै विविध सास्कृतिको झलक दिएको थियो । सो कार्यक्रममा प्रस्तुत गरिएको नृत्यहरु निर्देशन प्रदीप हमाल र जलमायाा गुरुङले गरेका थिए ।
सो मेलालाई सफल पार्न नेपाल सागीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ, उपकुलपति एबम् ख्यातिप्राप्त संगीतकार शम्भुजीत बासकोटा, सदस्य सचिब गणेश रशिक तथा प्राज्ञहरु राजधानीबाट जनकपुर पुगेका थिए ।
नेपाली गीत संगीत, नृत्य तथा सँस्कृतिको विकाश र प्रवर्धनका लागि प्रतिष्ठानले राजधानीसँगै मोफसलमा साँस्कृतिक मेला गरेको प्रतिष्ठानका उपकुलपति बासकोटाले जानकारी गराए । यस्तै यो साँस्कृतिक मेला १७ फागुनमा लुम्बिनी परिसरहमा आयोजना गरिने पनि उपकुलपति बासकोटाले जानकारी गराए ।