बहुप्रतिक्षित नेपाली चलचित्र ‘अझै पनि’ नेपालभर रिलिज



Ajhai-Pani-Released

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बहुप्रतिक्षित नेपाली चलचित्र ‘अझै पनि’ नेपालभर रिलिज भएको छ । चर्चित निर्देशक स्व. आलोक नेम्बाङ् निर्देशित अन्तिम चलचित्र ‘अझै पनि’ सामाजिक प्रेमकथालाई अगाडी बढाउँदै नारीको महत्व र विभिन्न रुपलाई कलात्मक ढंगले प्रस्तुत गरिएको चलचित्र हो ।

रिलिजको ३ दिन अगावै प्रिमियर गरि उत्कृष्ट चलचित्रको चर्चा पाईसकेको यो चलचित्रले काठ क्षेत्रको कथालाई उठान गरेको छ । चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्व तथा सञ्चारमाध्यमबाट उत्कृष्ट दाबी गरिएको ‘अझै पनि’लाई पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेका हुन् । पुनम इन्टरटेनमेण्ट र सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा बनेको यस चलचित्रलाई रामशरण पाठकले लेखेका हुन् ।

महेश खड्का, हरि लम्साल, राजनराज सिवाकोटी र सचिन सिंहको संगीत रहेका यस चलचित्रका पाँचवटै गीतले उत्तिकै चर्चा कमाएका छन् । संगीतको पाटो उत्कृष्ट रहेको ‘अझै पनि’मा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, विजय लामा, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, बिपना धिमाल, रामशरण पाठक, मिथिला शर्मा लगाएतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

त्यस्तै अर्को चलचित्र ‘मिसन पैसा रिलोडेड’ पनि प्रदर्शनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu