अनुपसँग बरालियो केकीको मन (भिडियो)



How-Funny-first-song

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
केहि दिन अगाडी मात्र छायांकन सकाएर हाल सम्पादनमा रहेको चलचित्र ‘हाऊ फन्नी’को पहिलो गीत रिलिज भएको छ । ‘यो के हो’ बोलको गीतमा नायिका केकी अधिकारी र कलाकार अनुपबिक्रम शाही देखिएका छन् । गीतमा केकी र अनुपविक्रमको प्रेमलाई आर्कषक तरिकाले देखाइएको छ ।

दीपक लिम्बु र मिलन अमात्यको स्वर रहेको यस गीतमा शान बस्न्यातको शब्द, सुरेश अधिकारीको संगीत रहेको छ । पूर्व मिस नेपाल माल्भिका सुब्बाको निर्माणमा निलु डोल्मा शेर्पाले निर्देशन गरेको यस फिल्ममा दयाहाङ राई, केकी अधिकारी, निशा अधिकारी, प्रियंका कार्की र अनुप बिक्रम शाहीको अभिनय रहेको छ ।

हालसम्म प्रदर्शन मिति सार्वजनिक नगरिएको यस चलचित्रलाई शान बस्न्यातको लेखेका हुन् भने हरि हुमागाइँले खिचेका हुन् । विभिन्न कलाकारलाई फरक फरक भुमिकामा प्रस्तुत गरिने यस फिल्म कमेडी श्रेणीमा निर्माण गरिएको निर्माणपक्षले जानकारी दिएको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu