ओस्कार विजेता निर्देशक रोमनलाई यौन दुराचारको आरोप



roman

ओस्कार विजेता चलचित्र निर्देशक रोमन पोलानोस्की बाल यौन दुराचारको आरोपमा बुधबार दक्षिणी पोल्यान्डको अदालतमा उपस्थित भएका छन् । संयूक्त राज्य अमेरिकाले सन् १९७७ मा पोलोनोस्कीले नाबालिकासँग योन सम्वन्ध राखेकाले अमेरिका सुपुर्दुगी गर्नुपर्ने माग राखेपछि उनी अदालतमा उपस्थित भएका हुन् ।

पोलोनोस्कीलाई १९७७ को मार्च ११ मा तेह्र वर्षिय समान्था गेमरलाई यौन दुर्व्यबहार गरेको आरोपमा लस ऐन्जल्स प्रहरीले पक्राउ गरेको थियो । उनीमाथी ६ वटा आपराधिक कार्य गरेको आरोप लगाइएको थियो, जसमा बलात्कार गरेको भन्ने आरोप पनि छ ।

यस प्रकरणमा न्यायाधिशले पोलोनोस्कीलाई सुपुर्दुगी गर्न अस्वीकार गरेमा मुद्दा बन्द हुनेछ भने यदि स्वीकार गरेको खण्डमा एकाशी वर्षीय पोलोनोस्कीलाई सुपुर्दगी गर्ने वा नगर्ने भन्ने अन्तिम अधिकार न्याय मन्त्रीमाथि निर्भर हुनेछ । यतिबेला पोलिनोस्कीले पोल्यान्डमा एक फिल्मको तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu