भारतमात्र मात्र नभएर यति बेला नेपालमा समेत महामारीको रुप लिइसकेको स्वाईन फ्लुको सिकार बलिउड अभिनेत्री सोनम कपुर पछि अभिनेता सलमान खानलाई पनि देखिएको छ ।
अभिनेत्री सोनम कपुरमा पनि देखिएको खबर सेलाउन नपाउँदै अभिनेता सलमान खानलाई पनि स्वाईन फ्लु संक्रमण भएको खबर बाहिर आएको छ । प्रेम रतन धन पायो का दुई स्टार सोनम र सलमान खान स्वाईन फ्लु जाँच पछि संक्रमण भएको पत्ता लागेको हो । सलमान खानलाई एचवन एन वन भाईरसले आक्रमण गरेको टाईम्स अफ इण्डियाले जनाएको छ । शुटिङमा रहेको बेला सोनम केही असन्चो देखिएकी थिइन् । जसको बारेमा सलमान समेत चिन्तित भिए ।
सलमानमा स्वाईन फ्लुको संक्रमण छ अथवा छैन त्यसको औपचारिक रुपमा पुष्टि भने भईसकेको छैन तर उनलाई स्वाईन फ्लु हुदाँ देखिने लक्षणहरु देखिएपछि डाक्टरहरुले उनलाई स्वाईन फ्लुको शंका भित्र राखेका छन् ।