ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चैत्र ११ गते देखी देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘षडङग’को ‘लबी डबी’ बोलको गीत रिलिज भएको छ । सार्वजनिक गीतमा हर्षिका श्रेष्ठ मुख्य फिचरिङ गरिएकी छिन् । यस रोमान्टिक गीतमा सौगात मल्ल र सौरमराज तुलाधार पनि देखिएका छन् ।
गीतमा मीना सिहंको स्वर रहेको छ भने सुरेन्द्र डि. कार्कीको शब्द तथा संगीत रहेको छ । लुमिनियोस पिक्चस्को ब्यानरमा निर्माण भएको चलचित्रमा राजनीतिक विषयवस्तुलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ । चलचित्रको ३५ दिने सुटिङ राजधानी र धुलिखेलमा भएको थियो । चलचित्रमा सुजेन्द्र डि कार्कीको संगीत दिएका छन् ।
नरेन्द्र मैनालीको सिनेमाटोग्राफी रहेको चलचित्रमा अभिनेता सौगात मल्ल, अनुप बराल, विजय लामा, प्रियंका काकी, सौरमराज तुलाधर, ए गुरुङ, हर्षिका श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।
गीत हेर्नुहोस्: