बन्दुक बोक्ने हातले फूल समाउन जान्दिन: सुवास



subas-meche-killa

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
करिब दुइ दर्जन चलचित्रमा अभिनय गरे पनि चर्चा पाउन नसकेका नायक सुवास मेचे आफूलाई एक्सन नायक को रुपमा चिनाउन चाहन्छन् । हरेक चलचित्रमा एक्सन भूमिका मा नै देखिने यी नायक अव निर्माता समेत बनेका छन् । चलचित्र किल्ला मार्फत उनि निर्माताको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका छन् ।

एक एफ.एम. स्टेशनमा अन्तरर्वाता दिने क्रममा नायक मेचे आफू कहिले लभर व्वाइको रुपमा चलचित्रमा नदेखिने बताएका छन् । उनि भन्छन्, ‘म एक्सन नायक हुँ पर्दामा बन्दुक बोक्छु, गुलाफको फूल होइन’ । यद्यपि चलचित्र किल्लामा फूल नबोके पनि नायीका सुरबि जैनसँग केहि रोमान्टिक बनेका छन् ।

चलचित्र किल्ला यहि फागुन २९ देखि देशभरका सिनेमा घरहरुबाट प्रर्दशन हुँदैछ । चलचित्रलाई हिमाल केसीले निर्देशन गरेका हुन् भने स्क्रिप्ट प्रदिप भारद्वाजले लेखेका हुन् । चलचित्रका गीतमा बिकाश चौधरीको संगीत सुन्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu