यस कुमारको शंका (भिडियो)



Yash-Kuamr-Shanka

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आफुलाई सफल गायकका रुपमा स्थान बनाउन सफल गायक तथा नायक यस कुमारको स्वरमा सजिएको एक गीतको म्युजिक भिडियो यतिबेला चर्चामा छ । ‘मेरो यो जिन्दगी’ बोलको गीतमा यस कुमारको नै शब्द र संगित रहेको छ ।

प्रेममा शंका भयो भने त्यो प्रेम दिगो रहन सक्दैन भन्ने कुरालाई भिडियो मार्फत देखाउन खोजिएको छ । ‘रेन’ एल्बममा समावेश उक्त गीतको भिडियोमा दिपेश र दिपाले अभिनय गरेका छन् । कास्पेर श्रेष्ठको साहायक निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई कुशल श्रेष्ठले निर्देशन, सम्पादन र छायांकन गरेका छन् । भिडियोको छायांकन बेलायतमा गरिएको हो ।

गीतको भाव देखी सार्वजनिक म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरुको प्रस्तुती आर्कषक भएका कारण सार्वजनिक गीतले दर्शक, श्रोताको मन जित्ने निर्देशक श्रेष्ठले जानकारी दिए ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu