‘भूल भुलैया’लाई यूनिभर्सल प्रमाण पत्र



bhool-bhoolaiya-cencerठुलोपर्दा डटकम, काठमाण्डौ ।
चैत १३ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘भूल भुलैया’ले यूनिभर्सल प्रमाण पत्र पाएको छ । शुक्रबार सेन्सर बोर्डका सदस्यहरुले चलचित्र हेरेपछि ‘भूल भुलैया’ लाई यूनिभर्सल प्रमाण पत्र दिएका हुन् । चलचित्रले यूनिभर्सल प्रमाण पत्र पाएपछि ठुलोपर्दासँग संक्षिप्त कुराकानी गर्दै चलचित्रका निर्देशक योगेश घिमिरेले चलचित्रलाई सेन्सर बोर्डका सदस्यहरुले निकै रुचाएको जानकारी दिए ।

सेन्सर बोर्डले चलचित्रको कुनै पनि दृश्यमा कैँची नचलाएको जानकारी दिँदै निर्देशक घिमिरेले ‘भूल भुलैया’को सम्पुर्ण पक्षलाई सेन्सर सदस्यहरुले तारिफ गरेको बताए । चलचित्रका प्रस्तुतकर्ता दिनेशकुमार पोख्रेल रहेका छन् । चलचित्रलाई सुशिल कार्की, मणिराज दाहाल र सुरेश गौतमले संयुक्त निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्माता भने निरज ढकाल रहेका छन् । यस चलचित्रमा स्पेश सिपको समेत प्रयोग गरिएको बताइएको छ ।

चलचित्रमा राजेन्द्र थापा र स्वप्निल बरालले गीत लेखेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको यस चलचित्रको छायाँकन बाबु श्रेष्ठले गरेका छन् । चलचित्रमा बसन्त सापकोटाले संगीत दिएका छन् । चलचित्रमा जिवन लुइँटेल, सोहित मानन्धर, नीता ढुंगाना लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu