दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको जहाज हटाउन बिहीबार बेलुकादेखि निरन्तर प्रयास गरिरहेको भारतीय सेना र प्राविधिक जनशक्तिसहितको जहाज रिकभरी टोलीले शुक्रबार बेलुका काम रोकेपछि विमानस्थल खुल्ने समय अनिश्चित भएको छ । विमानस्थल खुल्ने समय अनिश्चित भएपछि आइतबार काठमाडौंमा आयोजना हुन लागेको एक कार्यक्रमका लागी नेपाल आउन लागेका बलिउडस्टार शाहरुख खान नेपाल आउने कार्यक्रम पनि अनिश्चित भएको छ ।
आइतबार अपरान्ह एक पाँच तारेमा आयोजना हुने नेरोल्याक पेन्ट्सको प्रर्बद्धन कार्यक्रममा सहभागी हुन शाहरुख नेपाल आउन लागेका थिए । कार्यक्रमका लागि नेपालस्थित नेरोल्याक पेन्ट्सले सवै तयारी पुरा गरिसकेको भए पनि विमानस्थल संचालन हुने टुंगो नलाग्दा अन्यौल देखिएको छ । पूर्व निर्धारित तालिकाअनुसार शाहरुख शनिवार साँझ काठमाण्डौ आउने र आइतबार पेन्ट्सको प्रर्बद्धन कार्यक्रममा सहभागी हुने योजना थियो ।
शाहरुख खान नेरोल्याक पेन्ट्सका ब्राण्ड एम्बासडर हुन् । शाहरुख सहभागी हुने कार्यक्रममा सर्वसाधारणलाई भने प्रवेश दिइने छैन् ।