हलिउड अभिनेता ह्यारिसन फोर्ड विमान दुर्घटनामा घाइते भएका छन्। अमेरिकाको लस एन्जल्स्मा भएको विमान दुर्घटनामा ७२ वर्षिय अभिनेता ह्यारिस फोर्ड घाइते भएका अमेरिकी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । दुर्घटनाको कारणबारे छानविन भइरहेको छ । फोर्डले ‘इण्डियाना जोन्स‘, ‘स्टार वार्स‘ लगायतका चर्चित फिल्ममा अभिनय गरेका छन् । ईन्जिन बिग्रिएर विमान दुर्घटना भएको समाचारमा उल्लेख छ । उनको छोरा र लस एन्जल्स्का प्रमुखले उनी खतरा मुक्त रहेका बताएका छन् ।