मुम्बईमा विराज र रिमाको तहल्का



Biraj-And-Reema-mumbai

ठुलोपर्दा डटकम, मुम्बई।
कुनै समय नेपाली चलचित्रमा एकछत्र राज गरेका नायक विराज भट्ट हाल भोजपुरी चलचित्रका सफल नायकका रुपमा चिनिन्छन् । एकपछि अर्को गदैं सफल भोजपुरी चलचित्र दर्शकमाझ दिँदै आएका नायक विराज भट्ट लामो समयपछि मुम्बईको एक कार्यक्रममा देखिएका छन् । नायक भट्ट र नायिका रिमा विश्वकर्माले भारतको पुगेर बिशेष सांगीतिक प्रस्तुति दिएका छन् ।

Biraj-And-Reema-mumbai1

होलीका अवसरमा नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा नायक भट्ट, नायिका विश्वकर्मा लगायतका कलाकारले सांगीतिक प्रस्तुति दिएका हुन् । पर्दामा देखिने कलाकारहरुको स्वागतमा प्रवासी नेपालीहरुले पनि विशेष प्रस्तुति दिएका थिए । कलाकारहरुले नृत्य तथा गायन प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

Biraj-And-Reema-mumbai2

त्यसैगरी, कलाकारहरु भगिरथी चलाउने, कल्पना दाहाल, सुस्मिता बुर्लाकोटी, हितेश कर्माकार, पम्फा कंडेललगायतले पनि सांस्कृतिक प्रस्तुति दिएका थिए । आयोजक समितिका अध्यक्ष चेतमान खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि महेन्द्र शर्मा, जयसिंह आउची, भक्त चलाउने नरबहादुर ठकुल्लालगायतका अतिथिले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu